महोत्तरीको सम्सीमा एक किशोरी बालात्कारको सिकार

गौशाला : महोत्तरीको सम्सी गाँउपालिकामा एक किशोरी बालात्कारको सिकार भएकी छिन् । सम्सी गाँउपालिका- ५ पोखरभिन्डा बस्ने अब्दुल सकुर राइनको छोरी वर्ष १६ की (नाम परिवर्तन) खातुनलाई सम्सी गाँउपालिका -५ बस्ने रामबाबु ठाकुरको छोरा वर्ष ३० को लक्ष्मण ठाकुरद्वारा बलाकृत भईकीछिन् ।

आफन्तको मृत्यु भएको कारण घरमा आफु र वर्ष १४ की बहिनीमात्र भएको र अरु सबै सदस्य (मिलाद) क्रियामा गएको मौका छोपी लक्ष्मण ठाकुरले आफुमाथि बलाकार गरेको पिडितले बताईन । घटना भएको मिति २०७८/०४/१४ गते राती ११ बजे अविरल वर्षाको कारण घर भित्र पानी पसेर क्षति हुने मनशायले पिडितले आँगनमै जमेको पानी फाल्न रोडछेउमा बसी पानी फालिरहेको अवस्थामा लक्ष्मण ठाकुरले एक्कासी आफुलाई जबरजस्ती समाति बाटोछेउमै रहेको भुसा राख्ने घरमा लगी बलात्कारको प्रयास गर्न खोज्दा आफु चिच्याउन खोज्दा मुखबन्द गरी आफुलाई जबरजस्तिकरणि गरेको पिडितले बताईन । बलात्कारकै समयमा सानी बहिनीले धेरै बेर भयो किन आएन भनेर हेर्न जाँदा लक्ष्मण ठाकुरले दिदीमाथि भई रहेको घटना हेर्नसाथ हल्ला गरेर गाउँलेहरुलाई गुहार भनेर चिच्याउँदा लक्ष्मण ठाकुर त्यँहाबाट भागेर आफ्नो घरमा गई कोठा भित्रबाट चुकुल लगाई बसेका थिए ।

घटना घटेको जानकारी आफ्नो घरपरिवारले थाहा पाउना साथ घर फर्केर आउँदा उक्त घटना भएको जानकारी पाए र पछि सो घटनाको बारेमा गाउँलेहरुलाई जानकारी गराउँदा गाउँहरुले लक्ष्मण ठाकुरको खोज तलास गर्दा घरमै लुकेको जानकारी पाए पछि ठाकुरको घरमा गई ठाकुरलाई बाहिर आउन भन्दा घरको भित्ता भत्काई भागेपछि गाउँलेहरुले लखटे पनि भेटाउन सकेन । त्यसपछि सबैको सल्लाह अनुसार सम्सी सम्सी गाँउपालिका वडा नं. ५ पोखरभिन्डामा रहेका प्रहरी चौकीमा उजुरी दिए पश्चात भोली पल्ट २०७८/०४/१५ गते राती ९ बजे प्रहरीले लक्ष्मण ठाकुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको पोखरभिन्डा चौकीका ईन्चार्ज शम्भु प्रसाद यादवले जानकारी दिए । यता जिल्ला प्रहरी कार्यालय जलेश्वरमा मुद्दा दर्ता भईसकेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

समाजमा पुँजीवाद छाडा, अश्लील प्रविधिको विगविगी छ , चरम उपभोक्तावादी मानसिकताले महिला केवल यौनजन्य साधन, उपभोग्य वस्तु हुन भन्ने मान्यता द्रुत रुपमा स्थापित भई राखेकोछ । जुन देशमा महिलालाई देवीको स्वरुपमानी पुजाआजा गरिन्छ त्यही ठाउँमा यी लक्ष्मण ठाकुर जस्ताले व्यक्तिले तिरसकार र वेइज्जत गर्ने काम गरि रहदा पनि आफुलाई समाजको अगुवा भन्ने राजनैतिककर्मीहरुले गाउँमै घटनालाई मिलाउन चटारो भएको छ । थोरै पैसाको लागी कसैको इज्जतलाई समान्य अपराध भएको ठानी गाउँमै घटनालाई मिलाउनु र त्यस्ता अपराधिहरुलाई संरक्षण दिएर पुन अर्को घटना गर्न लाइसेन्स दिनुहो ।

हरेकजसो महिला हिंसाका घटनामा पक्ष वा विपक्षको तर्फबाट प्रत्यक्ष वा परोक्ष रुपमा राजनीतिक पार्टि संलग्न देखिएन्छन् । यस्ता घटनामा राजनीतिक पार्टि संलग्न हुँदा घटना प्रभावित हुन पुग्छन् र पीडितले न्याय र राहत पाउने कुराको सुनिश्चितता हुन सक्दैन तसर्थ महिला हिंसाका प्रत्येक घटनामा आरोपित व्यक्तिलाई तिनै तहले कडाभन्दा कडा सजायको व्यवस्था कानुनी रुपमा सुनिश्चित गर्नुपर्छ । अनि मात्र महिलाहरु सुरक्षित भएको अनुभुति हुनेछ । बलात्कार जस्ता जघन्य अपराधको घटनामा प्रहरी प्रशासनले नै घटनालाई मिलाउनु विशेष रोल खेलेपछि बलाकृत महिलालाई न्यायको सट्टा तिरस्कृत भएको पाइएकोछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार