गौशालामा मोटरसाईकलको ठक्करबाट महिला घाईते

गौशाला :  महोत्तरीको गौशालामा आइतबार मोटरसाइकल ठक्करबाट एक महिला घाईते भएकी छिन् ।

गौशाला नगरपालिका वडा नं. ८ बेलगाछी स्थित वर्ष ५८ की विद्या देवी बख्रेललाई प्रदेश नं. २-०२-००१ प ७४३७ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएको गौशाला स्थित ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याले जानकारी दिनुभयो ।

घाईते बख्रेलकोको उपचार काठमाण्डौ स्थित ट्रमा सेन्टरमा भईरहेको श्रोतले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार