चोरी भएको १२ घण्टा भित्र छिन्नमस्ता शक्तिपीठको मुकुट फेला

सप्तरी : सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट (मस्तक) सोमबार विहान फेला परेको छ ।

आइतबार साँझ ७ बजेतिर चोरी भएको विहान ७ बजेतिर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रवक्त एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । मुकुट चोरी गर्ने विष्णुपुर गाउँपालिका वडा नम्वर ५ का राजेश मण्डललाई नियन्त्रण लिएको उनले बताए ।

उनका अनुसार पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त रहेको छ । बरामद गरिएको मुकुट सार्वजनिक गर्न प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

साँझ मुकुट चोरी भएसँगै घटनासँगै सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमला नेतृत्वमा खोजी कार्य थालिएको थियो भने बोर्डर समेत सिल गरिएको थियो । राति १० बजेतिर घटनास्थलमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्य समेत घमटना स्थलमा पुगेका थिए ।


सप्तरीको छिन्नमस्ता मन्दिरमा चाँदीको मुकुट चोरी

प्रतिक्रिया

सम्बन्धित समाचार