राम नारायण यादव, सप्तरी । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंशाक कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओली माथि अविस्वाशको प्रस्ताव ल्याउनु पूर्व नै भावि प्रधानमन्त्रीको निर्णय गर्नुपर्ने बताएका छन् ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर १ स्थित तृप्ति नारायण मेमोरियल अस्पतालको शुक्रबार उद्घाटन गर्दै डा. कोईरालाको सो धाराणा रहेको छ ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसदमा ल्याईने अविस्वासको प्रस्तावको नेपाली कांग्रेसले समर्थन गर्नुपर्छ तर कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्षद्वय पुष्प कमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल मध्ये को प्रधानमन्त्री हुने हो त्यसको पनि निर्णय पहिले नै गर्नुपर्छ’– उनले भने ।
अहिले देश गम्भीर अप्ठयारो अवस्थाबाट गुज्री रहेको र दुई कम्युनिष्ट पार्टी फुटेको जस्तो न फुटेको जस्तो अवस्थामा रहेका बेला सरकार निमार्णको साँचो नेपाली कांग्रेससंग रहेको उनको भनाई छ ।
कम्युनिष्ट पार्टीहरु फुटेको पनि छ नफुटेको पनि छ्, कांग्रेस यस्तो फेबरेबल स्थितीमा छ कि कांग्रेस विना सरकार नै बन्न सक्दैन, अव कांग्रेसले कुन साईड चुज गर्छ भोलिको सरकार त्यसैमा निर्भर गर्छ’ उनले भने ।