धनुषा : विद्यालयबाट ३२ वटा कम्प्युटर चोरी

जनकपुरधाम : धनुषाको बटेश्वरमा एउटा विद्यालयबाट ३२ वटा कम्पयुटर चोरी भएको छ ।

बटेश्वर गाउँपालिका–२ भुचक्रपुरस्थित जनप्रिय माध्यमिक विद्यालयबाट २ ल्यापटप सहित ३२ वटा कम्पयुटर चोरी भएको प्रहरीले जनाएको छ ।

विभिन्न संघ संस्थाले विद्यार्थीलाई अध्ययनका लागि दिइएको कम्युटर सहित एटा प्रिन्टर र प्रोजेक्टर समेत चोरी भएको छ ।

कक्षाकोठाको ढोका फोडेर कम्पयुटर सहितका समान चोरी भएको विद्यालयका प्रधानाध्यापक राजकुमार राउतले जानकारी दिए ।

बिहान १० बजे शिक्षकहरु पुगेपछि कम्प्युटर चारीको भएको थाहा पाएको प्रधानाध्यापक राउतले बताए ।

घटनास्थलमा इलका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलि पुगेर घटाको अनुसन्धन थालेका छन् ।

सो विद्यालयबाट बेलाबेला खानेपानीको लागि जडान गरिएको मोटर, फर्निचर लगायतको सरसमान चोरी हुने गरेको छ । केहि गाउँसमाजकै व्यक्ति विद्यालयलाई धारासायी बनाउन यस्तो क्रियाकलापन गराउने गरेको स्थानीयबासिन्दाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार