महोत्तरीमा गाडिको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गौशाला : महोत्तरीमा गाडिको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्युु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने २३ वर्षीय धिर बस्नेत रहेका प्रहरीले जनाएको छ ।

बर्दिबासबाट सर्लाही तर्फ जादै गरेको बा. १८. च. ३६८५ नम्बरको सुमो गाडीलाई सोही दिशा तर्फ जादै गरेको बा. ९२ प. ३२०६ नम्बरको मोटलसाईकलले पछाडीबाट सुमो गाडीमा ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकल र चालक उछिट्टीएर सर्लाहीबाट बर्दिबास तर्फ आउदै गरेको प्रदेश १–०४–००१ च. ०२७९ नम्बरको बलेरो पिकअपमा ठक्कर खादा मोटरसाइकल चालक बस्नेत गम्भीर घाइते भएका थिए ।

उनको शुभ–स्वस्तिक अस्पताल बर्दिबास अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मोटरसाइकल, सुमो र बलेरो चालकहरु सहित प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार