Tuesday 14th of January 2025

गौशाला नगरपालिका उप–मेयरका बुबाले गरे आत्महत्या ।।

0 Shares

गौशाला ः महोत्तरीको गौशाला नगरपालिकाका उप–मेयर आशा लामाका बुबाले आत्महत्या गरेका छन् ।

गौशाला नगरपालिका– १२ स्थित छोरी (उपमेयर)कै घरमा बस्दै आएका उनका बुुबा वर्ष ७२ का बन बहादुर थिङले शुक्रवार दिउँसो करिब २ बजे घर नजिकैको आँप बगैचामा झुण्डिएको अवस्थामा थिङको शव फेला परेको हो ।

आत्महत्याको कारण बारे भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालयका
प्रहरी निरिक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

यता थिङको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया