Friday 12th of April 2024

धनुषाको एक पोखरीमा युवाको रहस्यमयमा मृत्यू

0 Shares

जनकपुरधाम  : धनुषामा पोखरीमा एक किशोरको लास फेला परेको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ का शुभालाल मजिहारको छोरा अन्दाजी बर्ष १५ को अमनको शव फेला परेको हो ।

हरिपुरस्थित बुधबार दिउँसो करिब १२ बजेको समयमा नजिकै रहेको सार्वजनिक पोखरीमा मृत भेटिएका हुन् ।

स्थानीयका अनुसार राँगा नुहाउन गएको बेला डुबेको हुन सक्ने अनुमान गरिएको हो ।

उनको घरदेखि करिब ३०० मिटरको दुरीमा रहेको महराजी पोखरीमा दिउँसो पानीमा तैरिरहेको अवस्थामा अमन मृत भेटिएका हुन् ।

स्थानीयका अनुसार, उनले पानी समेत नखाएको देखिएकोले उनको मृत्यू शंकास्पद रहेको छ ।

स्थानीयहरुले उनलाई पोखरीमा तैरिरहेको अवस्थामा देखेपछि उनको परिवारजनलाई खवर गरेको थियो ।

घटनाको विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया