Tuesday 11th of February 2025

महोत्तरीका एक वडाध्यक्षले कुटे सेवाग्राही

0 Shares

महोत्तरी : महोत्तरीको एकडारा गाउँपालिकाका– २ का वडाध्यक्षले एक जना स्थानीयलाई कुटपिट गरेको छ ।

वडा नम्बर –२ बेला बस्ने रामविशेष यादवका ४१ वर्षीय छोरा चुल्हाइ भन्ने सूर्य यादवलाई सोही वडाका वडाध्यक्ष अजय यादवले कुटपिट गरेको पिडितका पारिवारिक श्रोतले जानकारी दिएका छन् ।

सोमवार दिउँसो करिब १ बजे पिडित आफ्ना मृतक बुवा रामविशेष यादवको मृत्यु दर्ता प्रमाणपत्र बनाउनका लागि आवश्यक पर्ने नाता प्रमाणित गरेको निवेदनमा सिफारिस गराउन भनी वडाध्यक्षको घरमा जाँदा निजले सूर्या माथि हातपात गरि कुटपिट गरेको आफन्तले बताएका छन् । कुटपिटबाट उनको शरिरको विभिन्न भागमा चोट लागेको आफन्तको भनाई छ ।

आफुले वडाध्यक्ष यादवले वडाको विकासमा गर्दै आएको गलत कामको बिरोध तथा बजेट हिनामिनाको विरुद्धमा आवाज उठाउँदै आएको रिसिवीका कारण कुटपिट गरेको पिडितले बताए ।

वडाध्यक्ष उपर कार्यवाहीको माग गर्दै जलेश्वर स्थित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी समेत दर्ता गराइसकेको पिडितले जानकारी दिए ।

प्रतिक्रिया