
नागेन्द्र साह, गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा सेभ द नेशन गौशाला महोत्तरीले सकिन्छ सफा गरौ सकिन्न फोहोर नगरौ नाराका साथ बृहत सरसफाईको कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा १५ गैरसरकारी स्कूल र ४ वटा सामुदायिक स्कूल गरि ५ हजार विद्यार्थी भाईबहिनी ,विभिन पार्टिका जनप्रतिनिधि, बुद्धिजिवी, पत्रकार, भरभलादमी, कर्मचारी, शिक्षकह?को सहभागी भएको थियो ।
सरसफाई त्रिभुवन मा.वि. बाट शु? भई बजार क्षेत्र र निगौलचोक भई जिरोमाईल हुँदै पुनः स्कुलमा आई समापन भएको थियो ।
कार्यक्रममा सेभ द नेशनका अध्यक्ष निसान्त कुमार साहले सरसफाई कसरी गर्ने र सफा कसरी राख्ने, सफा कसरी बस्ने सम्बन्धि विभिन्न किसिमको अट्राक्सन समेत देखाएका थिए ।
प्रतिक्रिया