0
Shares

काठमाडाैं : युवालाई दाम्लोले बाँधेर कुट्ने जाजरकोटका एक वडाअध्यक्षलाई पक्राउ गरिएको छ।
युवालाई दाम्लोले बाँधेर कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पक्राउ गरिएको जाजरकोट प्रहरीले जनाएको छ।
उनलाई पक्राउ गरेर प्रहरीले सदरमुकाम लगेको छ। पीडित सर्ते नेपाली भन्ने नवीन परियारलाई पनि झिकाइएको जाजरकोट प्रहरीले जनाएको छ।
वडाध्यक्षले कुटपिट गरेको भिडिओ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसैको आधारमा प्रहरीले पक्राउ गरेको हो।
सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले १५ गते ती युवालाई कुटपिट गरेका थिए।
घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले कारबाही अगाडि बढाएको हो।