जनकपुर पत्रकार हातपात प्रकरण : ५० हजार जरिवाना तिराइयो

जनकपुधाम : जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा नगरप्रमुखकै अगाडी पत्रकारहरुमाथि भएको हातपात घटनामा जिल्ला प्रशासन कार्यालय धनुषाले जरिवानासंगै ५० हजार रुपैयाँ क्षतिपुर्ती तिराउन लगाएको छ ।

नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष अनिल मिश्रले दिएको जाहेरीको आधारमा सो घटनामा संलग्न प्रतिवादीहरु उपेन्द्र कुमार साह र धर्मेन्द्र कुमार साहलाई जिल्ला प्रशासन कार्यालय धनुषाले जविराना गरेको छ ।

उपेन्द्रलाई एक हजार र धमेन्द्रलाई ५ सय रुपैया जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिए । त्यस्तै संचारकर्मीहरुको क्यामरा तथा मोबाईलमा भएको क्षतिको क्षति व्यहोर्न तिनीहरुबाटै ५० हजार रुपैया क्षतिपुर्ति उपर गर्ने फैसला जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको हो ।

सोही घटनामा संलग्न अरुण कुमार साह र ब्रजकिशोर सिंहलाई जिल्ला प्रशासन कार्यालयले सफाई दिइएको छ । यी दूबैलाई सफाई दिइएकोमा असन्तुष्टि व्यक्त गर्दै नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष मिश्रले फैसला बिरुद्ध पुनरावेदन गर्ने बताए । उनले भने ‘जिप्रका धनुषा दवाबमा आएर दूबैलाई सफाई दिएको छ, सफाई दिइएको फैसला हामीलाई मान्य छैन, यस फैसला बिरुद्ध पुनरावेदन गर्ने तयारी गर्दैछु ।’

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको उपस्थितिमै उनका कार्यकर्ता तथा नगर प्रहरीले पत्रकारहरुसंग अभद्र व्यवहार गर्नुका साथै हातपात गरेका थिए । सो घटनामा केही पत्रकारहरुलाई चोटपटक समेत लागेको थियो ।

२०७६ साल पुस २२ गते विवादित जानकी मन्दिरको फुलवारी सम्बन्धमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुसँग मेयरकै कार्यकक्षमा कुटपिट भएको थियो । सो घटना पश्चात नेपाल पत्रकार महासंघ धनुषा शाखाका तत्कालिन अध्यक्ष अनिल मिश्रले धमेन्द्र कुमार साह, अरुण कुमार साह, ब्रजकिशोर सिंह र उपेन्द्र कुमार साह विरुद्ध अभद्र व्यवहार शिर्षकमा मुद्दा दिएका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाको परिसर भित्र पत्रकारहरुलाई गालिगलौज गरी कुटपिटका साथै क्यामरा तथा मोबाईल समेतमा क्षति पु¥याएको भन्दै अध्यक्ष मिश्रले जिप्रका धनुषामा मुद्दा दर्ता गराएका थिए ।

यता यही घटनालाई लिएर नगरप्रमुख लालकिशोर साह विरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा चलि रहेको छ । घटनामा दोषी ठहरिए नगरप्रमुख साहलाई समेत सजाय हुने सम्भावना प्रबल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार