Sunday 3rd of November 2024

महोत्तरीमा झुठो उजुरी दिएको आरोपमा दुई जना पक्राउ

0 Shares

गौशाला  : महोत्तरीमा झुठो उजुरी दिएको आरोपमा दुई जनालाई पक्राउ परेका छन् ।

सोनमा गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३७ को मोलाजिम मोमिन र उनका मामा जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई झुठो उजुरी दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत मंगलबार राति करिब १० बजको समयमा मामाघरबाट तीन लाख रुपैया लिएर आफ्ना घर आईरहेको बेला सोनमा गाउपालिका १ बस्ने वर्ष ५२ का तौकिर अन्सारी, वर्ष २२ का ईन्जाम आलम, वर्ष २१ का समिरुल अन्सारी, वर्ष २२ का असरफ अन्सारी र वर्ष २४ का सगिर अन्सारीले आफुसित पैसा लुटपाट गरि फरार भएको ईलाका प्रहरी कार्यालय गौशालामा मौखिक उजुरी दिए लगतै प्रहरीले तौकिर अन्सारी, ईन्जाम आलम, समिरुल अन्सारी, असरफ अन्सारी र सगिर अन्सारीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनले लुटपाट नगरेको र मोमिनले मामाघरबाट पैसा नै नल्याएको अनुसन्धानमा देखिएको ईलाका प्रहरी कार्यालय गौाशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप वस्यालले जानकारी दिए ।

मोमिन र आरोपित व्यक्तिहरुको गाउँघरको झै–झगडा रिसिबिका कारण उनलाई फसाउनका लागि झुठो उजुरी दिएकोे प्रहरी निरिक्षक वस्यालले जानकारी दिए ।

मोलाजिम मोमिन र उनका मामा ऐनुल अन्सारीलाई नियन्त्रणमा लिई सार्वजिनक शान्ति विरुद्दको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले बताए ।

प्रतिक्रिया