Sunday 9th of February 2025

‘बेटी पढाउ, बेटी बचाउ’ अन्तर्गत बर्दिबासमा साईकल वितरण

0 Shares

बर्दिवास : महोत्तरीको बर्दिवास नगरपालिकामा प्रदेश सरकारद्धारा साईकल वितरण गरिएका छन । बर्दिवासको वडा नम्बर ५ स्थित श्री पञ्चधुरा माध्यमिक विद्यालतमा अध्यनरत छात्राहरूलाई एक कार्यक्रमबीच साईकल वितरण गरिएको छ ।


‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्रदेश सांसद माननिय शारदा देवि थापाले विद्यालयको कक्षा ८ मा अध्यनरत छात्राहरुलाई साईकल वितरण गर्नुभएको हो ।

साईकल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद थापाले गुणस्तरीय शिक्षाका साथै छोरीहरुको मनोवल बढाउन साईकल वितरणले ठुलो सहयोग मिल्ने बताईन । शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताईन ।


महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको दोहो¥याउँदै थापाले भनीन , ‘साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुन्छ ।’ त्यसैले हाम्रा समाजमा महिलालाई सम्मान गर्ने बानि विर्सिदै गईरहेको प्रति उनले सम्मानका साथ छोरीहरुलाई विद्यालय पठाउन सबै अभिभावहरुलाई आग्रह समेत गरिन ।


साईकल वितरण कार्यक्रममा बर्दिवास नगरपालिका वडा नम्वर ५का अध्यक्ष दल बहादुर थापा, विद्यालयका विद्यलय व्यवस्थापनका अध्यक्ष ज्ञान बाहादुर गोले , विद्यालयका प्रधानाध्यापक लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया