Saturday 20th of July 2024

प्रदेश २ : प्रदेश प्रमुख अहिराज र मन्त्री शाहविच भेट, कुन–कुन विषयमा भयो छलफल ?

0 Shares

जनकपुरधाम : प्रदेश २ का प्रमुख राजेश अहिराज र प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद शाहविच भेटवार्ता भएको छ ।

बिहिबार भएको भेटमा प्रदेश प्रमुख अहिराज र मन्त्री शाहबिच लागूऔषध रोकथाम, महिला हिंसा न्यूनीकरण र प्रदेशमा सञ्चार क्षेत्रको बिकासका लागि छलफल भएको छ ।

‘निकै सकरात्मक छलफल भयो,’ मन्त्री शाहले भने, ‘प्रमुखज्युको सल्लाह–सुझावलाई मनन गर्दै आगामी कार्ययोजना बनाउने छौ।’ भेटका क्रममा प्रदेश प्रमुख अहिराज र मन्त्री शाहविच अन्य सामाजिक र राजनीतिक विषयहरुमा पनि छलफल भएको मन्त्री शाहको सचिवालयका शिवम शाहले जानकारी दिए।

प्रतिक्रिया