नगरपालिकाका सबइन्जिनीयर ७२ हजार घुससहित पक्राउ

काठमाडौं : काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सबइन्जिनीयर विनोदकुमार पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

पौडेललाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रवक्ता रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पौडेलले सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्यसम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु. ७२,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटी गएको टोलीले निज विनोदकुमार पौडललाई सेवाग्राहीसँग रु. ७२,०००।– (बहत्तर हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित निजलाई बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित सव्रिना होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार