जनकपुरधाममा मगही विषयको अन्तरक्रिया र सांस्कृतिक कार्यक्रम हुँदै

फुलगेन मगही, ढल्केवर । जनकपुरधाममा मगही विषयको अन्तरक्रिया र सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

मगही जागरण अभियानका अगुवा विजय कुमार साहको पहलमा जनकपुरधामको पतंजलियोग सेवा सदनमा फागुन २२ गते (भोली) अन्तरक्रिया र सांस्कृतिक कार्यक्रम हुने बताइएको छ ।

मगही भाषा सांस्कृति र भेषभूसा संरक्षण सम्बर्द्धन गर्नका लागि र आगामी २०७८ को जनगनामा मातृभाषा मागही लेखाउनको लागि यो कार्यक्रम हुन लागेको मगही भाषा अभियान्ता बलदेव साहले बताए । उक्त कार्यक्रममा मगही भाषा सांस्कृति प्रेमीलाई आयोजकले आमन्त्रण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार