राजविराज : जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिता गुमाएका अध्यक्ष महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले अर्का अध्यक्ष उपेन्द्र यादवले मधेशी जनता माथि कुठाराघात गरेको आरोप लगाएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा आज (शुक्रबार) आयोजिता अुगा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महतोले उपेन्द्र यादव पक्षले मधेसी जनताप्रति अपराध गरेको उनले बताए ।
मधेसलाई कमजोर गर्ने षड्यन्त्र अन्तर्गत यादवको मागबमोजिम निर्वाचन आयोगले जसपा फुटाएको उनले भने । उनले भने,‘पार्टीभित्र मत भिन्नता हुन्छन् तर मधेसी जनताको एकताको भावनालाई कुठाराघात गर्दै उपेन्द्र यादव पार्टी विखण्डन गर्न निवेदन लिएर कुददै निर्वाचन आयोग गए, निर्वाचन आयोगले उसको मागबमोजिम पार्टी फुटाइदियो’ दिएको हो ।
मधेशी जनाताको भावनलाई एक ठ्रिक्का गर्ने प्रयासस्वरुप तत्कालीन ६ वटा पार्टी मिलेर जसपाको निर्माण भयो । हतारमा गरिएको सम्झौता अहिले आएर ठुलो समस्या देखा परेको भन्दै मधेशको मुद्दा कमजोर भयो भने उपेन्द्र यादवको पक्षलाई मधेशी जनता कहिले माफ नगर्ने उनले बताए ।
केपी ओली नेतृत्वको सरकारमा १८ महिना रहेर उपेन्द्र यादवले गर्न नसकेको कार्य आफूहरुले १८ दिनमा गरेको महतोले भने,‘१ सय ३९ जनाको मुद्दा फिर्ता, नागरिकता अध्यादेश र संविधान संशोधनका लागि कार्यदल गठन लगायतका कार्य हामीले सरकारमा सामेल हुनुभन्दा पूर्व नै ग¥यौ । मधेशको मुद्दा सुन्नै नचाहने केपी ओलिलाई गराएर अनि सरकारमा हामीहरु गएर काम गरेर देखाएको बताए ।
निर्वाचन आयोगले गरेको फैसला हामीहरुलाई मान्य छैन् । त्यसविरुद्ध सर्वोच्च अदालतमा न्यायका लागि गएको बताउँदै सर्वोच्च अदालतले दुई हप्ताभित्र गर्ने निर्णयका आधारमा नयाँ पार्टी खोल्ने वा के गर्ने भन्ने सन्दर्भमा विचार गर्ने बताए ।
सोही कार्यक्रमा जसपाका केन्द्रिय सदस्य एवं युवा नेता केशव झाले भने नेपालको राजनीतिक अस्थिरता कार्यमा नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल (प्रचण्ड)ले नै गरि रहेको थियो । त्यसको पुच्चछर बन्न जसपाकै केही नेताहरु लागि परेको थियो । सोही अनुसार आज जसपाको यो हालत भएको उनले बताए ।
प्रतिक्रिया