राधेश्याम कुशवाहा, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सडकको कागजमै काम गरी १५ लाख बजेट निकासा गरेको रहस्य बाहिर आएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वार्ड न. १ किसनपुरमा रामवृक्ष महतोको घरदेखि भैसियाही सम्मको सडकमा एक रुपियाको काम नै नगरी रकम निकास गरिएको छ ।
संघिय सांसद प्रमोद साहको संसदिय कोषबाट प्राप्त १५ लाखबाट स्तरोन्नति गर्ने भनिएको सडकमा काम नै नगरी पैसा निकासा गरी रकम बाँडफाड गरेको थाहा पाएपछि स्थानियवासी विरोध गरेका छन ।
रामवृक्ष महतोको घरदेखि भैसियाही सम्म जाने सडकमा काम नै नगरी रकम निकासा भएको थाहा पाएपछि हामीले विरोध गरेको स्थानियवासी अवधलाल राय ले बताए । स्थानिय सरकार लुटतन्त्र लागेको कारण चन्द्रनगर गाउँपालिका भ्रष्टाचारको अखण्डा बन्दै गएका छन, सरकारले छानविन समिति गठन गरी सडकको अनियमितता र भ्रष्टाचारमा संलग्न जो कोहीलाई कडा कर्वाहीको माग गरेको बताए ।
सडकको निमार्णका लागि १५ बजेट विनियोजन गरिएपनि सडकमा माटो, बालुवा केही नै नराखी रकम निकास गरेको स्थानियवासी विरेन्द्र महतो ले बताए ।
सडकको समयमा मर्मत सम्भार नहुदाँ आम नागरिकहरुलाई हिलडुल गर्न समेत समस्या हुदै आएका छन, भने गाईवस्तुका लागि खेतबारी घाँसका लागि जाने महिलाहरु तथा बालबालिकाहरु सबै भन्दा प्रभावित हुने गरेका बताए ।
सडकमा काम नै नगरी रकम निकासा भएपछि आफू र वडाअध्यक्ष मिलेर गाउँपालिकामा निवेदन दिएको वडासदस्य जुगलकिशोर यादव ले बताए । गाउँपालिका अध्यक्षले वडाअध्यक्षलाई आर्थिक प्रलोभन देखाएपछि वडाअध्यक्षको हाउभाउ, बाणीवेहोरा र व्यवहारमा एकाएक परिवर्तन भएको आरोप समेत लगाए ।
आर्थिक बर्ष २०७७÷०७८ को विकास निमार्ण कार्यमा रामवृक्ष महतोको घरदेखि भैसियाहीसम्मको सडक निमार्ण कार्य नभएको र यस कार्यलयबाट कार्य सम्पन्न गरी निकासा समेत भईसकेकाले सोे को प्रतिलिपि उल्लेख गराई दिन गएको सावन ५ गते वडाअध्यक्ष बच्चे राय यादव र र जुगलकिशोर रायले गाउँपालिकामा दिएको निवेदनमा समेत उल्लेख गरिएको छ ।
यता, रामवृक्ष महतोको घरदेखि भैसियाही सम्मको तिनवटा सडक रहेको चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो ले बताए । गाउँपालिकाले रामवृक्ष महतोको घरदेखि बेचन पासवनको घरहुदै भैसियाही सम्म जाने बाटोमा सडक निमार्ण भएको दाबी गरे ।
गाउँपालिका अध्यक्ष आफनो गल्ती लुकाउन सरासर झुठो बोल्दै आएको रामवृक्ष महतो ले बताए । मेरो घरबाट भैसियाहीसम्म जाने एक मात्र सडक रहेको छन, सडकमा पाँच रुपियाको समेत काम नभएको बताए ।
संघिय सांसद प्रमोद साहको संसदिय विकास कोषबाट चन्द्रनगर गाउँपालिका वार्ड न. १ किसनपुर मा रामवृक्ष महतोको घरदेखि भैसियासम्म सडक स्तरोन्नतिको लागि प्राप्त बजेटको गाउँपालिकाले प्रस्तुत गरेको कार्य सम्पन्न प्रतिवेदनमा समेत रामवृक्ष महतोको घरदेखि भैसियाही पुल सम्म जानेबाटोको निमार्ण कार्य सम्पन्न गरिएको प्रस्ट रुपमा उल्लेख गरिएको स्थानिय समाजसेवी यूवा राजकुमार महतो ले बताए ।
गाउँपालिका अध्यक्षले दिएको बयान समेत आफैमा विवादास्पद रहेका छन, उहाँले भन्नुहुन्छ कि रामवृक्ष महतोको घरदेखि भैसियाही जाने ३ वटा बाटो रहेका छन, तर रामवृक्ष महतोको घरदेखि भैसियाही जाने एक मात्र बाटो रहका छन, महतोले भने । फेरी उहाँ भन्नुहुन्छ कि हामी अर्काे सडकमा काम गरेका छौं तर प्रतिवेदनमा रामवृक्ष महतोको घरदेखि भैसियाही जाने सडकमा काम भएको उल्लेख गरिएको छ । जसमा एक रुपियाको माटो समेत नराखी सबै पैसा खाएर चरम भ्रष्टाचार गरेका छन । सडकमा भएको अनियमितता र भ्रष्टाचारको छानविन समिति गठन गरी दोषीलाई कडा कर्वाहीको माग गरेको बताए ।
महेन्द्र महतो सुडि माननिय राजेन्द्र महतोको जेठो दाई र प्रदेश सांसद ओपेन्द्र महतोको बुबा हुन । उहाँ राजनितिक पहुँच र पावरको आडमा गाउँपालिकाको विभिन्न शिर्षकमा व्यापक अनियमितता र भ्रष्टाचार गर्दै आएको स्थानियवासीले आरोप लगाएको छ ।