छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीहरुलाई भंगहा नगरपालिकाले पाठ्यपुस्तक उपलब्ध गराउने

महोत्तरी : महोत्तरी भंगहा नगरपालिकाको कार्यालयले चिकित्सा शास्त्र अध्ययन गर्नका लागि सरकारी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुको लागि पाठ्यपुस्तक उपलब्ध गराउने भएका छन ।

नेपालभरिमा नै संचालित एमविवीएसस्तरको परिक्षामा उत्कृष्ट हुने दलित समुदायका तीन जना विद्यार्थीहरुको लागि भंगहा नगरपालिकाको कार्यालयले निःशुल्क रुपमा आवश्यक पर्ने सम्पुर्ण पाठ्यपुस्तकको व्यवस्थापन गर्नेछ ।

आफुले चाँडै नै यससम्बन्धमा प्रक्रिया अगाडि बढाईने नगरप्रमुख संजीव कु्मार साहले बताउनुभयो । सम्भवतः जिल्लाबाट पहिलोपटक एमवीवीएसस्तरको परिक्षामा दुई दिवीवहिन र एकजनाले सर्वोत्कृष्ट नाम निकालेकोले प्रोत्साहनस्वरुप उनीहरुलाई सो सामग्री वितरण गरिने नगरप्रमुख साहले जानकारी दिनुभयो ।

मेडिकल साइन्सअन्तर्गत एमबीबीएस अध्ययन गर्नका लागि आइओएमले लिएको प्रवेश परीक्षामा महोत्तरी गाउँपालिका वडा नम्बर ६ गोरिगम्माका अभयकुमार पासवान र छोरी कृतिका पासवानले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन । दाइ अभयले दोस्रोपटकको प्रयत्नमा नाम निकालेको हुन भने उनकी बहिनी कृतिकाले पहिलोपटको परीक्षामै नाम निकाल्न सफल भएकी हुन । अभयले १४५ स्कोर ल्याएर मधेशी दलित कोटातर्फको आरक्षण समूहमा पहिलो स्थान ल्याउन सफल भएका छन भने उनको बहिनी कृतिकाले १२२ स्कोर ल्याएर मधेशी दलित महिलातर्फ चौथो स्थान र समग्र दलित कोटातर्फ सातौँ स्थानमा नाम निकाल्न सफल भएकी छन ।

दुवै दाजुबहिनीले महोत्तरीको मनरा सिसवा नगरपालिकाको सरकारी स्कूल सहस्राम माविबाट एसईई उत्तीर्ण गरेका हुन । अभयले २०७२ सालमा एसईई ‘बी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए भने बहिनी कृतिकाले २०७४ सालमा सोही विद्यालयबाट ‘ए’ ग्रेड ल्याएर एसईई उत्तीर्ण गरेकी थिइन । अभयले त्यसपछि काठमाडौंको गोल्डेन गेट कलेजबाट टेन प्लस टु २०७५ सालमा उत्तीर्ण गरेका थिए । उनले प्लस टुमा ‘बी’ ग्रेड ल्याएका थिए । त्यसैगरी कृतिका पनि २०७७ मा सोही कलेजबाट ‘ए’ ग्रेड ल्याएर प्लस टू उत्तीर्ण गरेकी थिइन ।

त्यस्तै धनुषाका आशिक झाले देशभरिमै सर्वोत्कृष्ट अंक ल्याएका हुन । चिकित्सा शिक्षा आयोगले सार्वजानिक गरेको नतिजाअनुसार २ सय पूणांकमा १ सय ८६ अंक प्राप्त गरेर झा देशभरिबाट ११ हजार सहभागी विद्यार्थी उन्छिदै झा सर्वोत्कृष्ट भएका हुन ।

महोत्तरीकी कृतिका र अभयकुमारले डाक्टर बन्न एकैपटक निकाले एमबीबीएस छात्रवृत्तिमा नाम

एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट

प्रतिक्रिया

सम्बन्धित समाचार