Tuesday 16th of April 2024

वेलगाछीमा वर्थिग सेन्टर संचालनमा ।।

0 Shares

गौशाला : सुरक्षित रुपमा प्रसुती सेवा प्रदान गर्नका लागि नगरपालिका तयार रहेकोले सरल र सुलभ सेवा लिनका लागि नगरप्रमुख शिवनाथ महतोले सर्वसधारणमा आग्रह गरेका छन ।

शुक्रवार गौशाला नगरपालिका ८ बेलगाछीमा संचालित वर्थिग सेन्टर उदघाटन गर्दै नगरप्रमुख महतोले आमनागरिकलाई हरपल सेवा प्रदान गर्नका लागि सामुदायिक स्वास्थ्य संस्थामा दक्ष प्राप्त स्वास्थ्यकर्मीहरुद्धारा प्रसुती सेवा प्रदान गर्ने जनाएका छन । पहिले पहिले घरमा असुरक्षित रुपमा प्रसुती गराउदा सुत्केरीलाई अनेकौ समस्या हुने गरेको क्रममा अब क्रमिक रुपमा वडामा नै सुरक्षित प्रसुती सेवा प्रदान गर्नका लागि स्वास्थ्य केन्द्रमा वर्थिग सेवा संचालनमा आएको नगरप्रमुख महतोले बताए ।

सोही क्रममा उपमेयर आशा लामाले अव स्वास्थ्य संस्थामा नै प्रसुती गराउने जनचेतना जनजनमा पुर्याउनका लागि चेतना घरघरमा पुगाउनुपर्ने बताईन । सवैको सहयोग पाए यहाँका वर्थिग सेन्टरमा २४ घण्टा नै स्वास्थ्यकर्मीको निगरानीमा प्रसुती सेवा प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले बताए ।

नगरपालिकाको लक्ष्य पुरा गर्नका लागि महिला स्वास्थ्यकर्मीको अहम भुमिका उपर नगरप्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष भोजवहादुर दर्लामीले स्पष्ट पारेका हुन । २ बर्ष अगाडि नै वडा नं. ८ स्थित खाल्टेवजारमा वर्थिग सेन्टर संचालन गर्ने जमर्को भएतापनि विविध प्राविधीक कारणवश सो सम्भव हुन सकेको थिएन । अब सेवा संचालन भएपछि घरमा प्रसुती गराउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्रसुतीको क्रममा जोखिमयुक्त सुत्केरीलाई निःशुल्क रुपमा एम्बुलेनस सेवा प्रदान गरिने गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया