गौशाला : धनुषाको सबैलामा एक गरिव परिवारलाई विजलपुरा युवा समाज सेवा संस्थाले सहयोग गरेको छ ।
करिब एक वर्ष देखि बिरामी भएका कारण अर्थिकरुपमा कमजोर भएका सबैला नगरपालिका वडा नम्वर ४ का राम चलितर राउतलाई सो संस्थाले आर्थिक सहयोग गरेको हो ।
नेपाल घर भई विदेशमा रहेर पैसा संकलन गर्दै आपतविपतमा परेकाहरुलाई राहत प्रदान गर्ने उद्देश्यले राम चलितर राउतलाई नगद १० हजार ५५ रुपैयाँ, २५ किलो चावल, ५ किलो आलु, २ लिटर खानेतेल, सावुन ४ थान, १ किलो सोवावीन, १० किलो आटा, नुन २ पोका, ५ किलो दाल, मछर जाली(१थान, ५० पिस मास्क लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको संस्थाका प्रतिनिधी निरज राउतले जानकारी दिनुभयो ।
परिवारको अवस्थालाई मध्यनजर गर्दै राम चलितरलाई सहयोग गरेको संस्थाका कोषाध्यक्ष उपेन्द्र राउते बताउ छन् ।
मलेशिया, दुबैई, कतार, भारत, साउदीमा रहेका युवाहरु मिलेर प्रत्येक महिनाको एक व्यक्तिले १ हजार देखि ५ हजार सम्मको रकम उठाएर यस्ता पडित व्यक्तिहरुलाई सहयोग गरिरहेको संस्थाका अध्यक्ष सगिन्द्र राउतले जानकारी दिनुभयो ।