Monday 2nd of December 2024

महोत्तरीको बर्दिबासमा मोटरसाइकल ¥याली प्रदर्शन

0 Shares

गौशाला : महोत्तरीको बर्दिबासमा शनिबार नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनले मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ ।

सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्दै जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरी रहेकै बेला सरकारले भूमिसम्वन्धी समस्या सामाधान आयोग विघटन गरेविरुद्ध सङ्गठनले बिरोर्ध याली आयोजन गरेको हो ।May be an image of 12 people, people standing and road

बर्दिबास नगरपालिका १ स्थित साँझा संस्था भवन परिसरबाट शुरु भएको ¥यालीमा सयौं सङ्ख्यामा मोटरसाइकल सहभागी गराइएको थियो । बर्दिबासमा वर्षौदेखि जेलिएको सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानतिर गई रहेकै बेला सरकारले हठात आयोग विघटन गरेको हुँदा विरोध गर्नु परेको सङ्गठनका उपाध्यक्ष गुञ्जबहादुर खड्काले बताउनुभयो ।

¥याली बर्दिबासका बिभिन्न भेगको परिक्रमा गर्दै बर्दिबासचोकमा समापन गरिएको छ । समापनमा विघटित आयोगका महोत्तरी अध्यक्ष राजेन्द्र साहले आयोगले काम अन्तिम चरणमा र्पुयाउनै लागेको बेला सरकारले विघटन गरेर जनविरोधी रवैया देखाएको आरोप लगाउनुभयो । आयोगले महोत्तरीको सन्दर्भमा बर्दिबास नगरपालिकाको ७५ प्रतिशत काम सम्पन्न गरेको साहको दाबी छ ।May be an image of 2 people, people sitting, motorcycle and road

कार्यक्रममा एमाले नेतृ बुधनीदेवी महतो र भूमि अधिकारकर्मी फौदसिंह स्याङ्वाले आयोग विघटनको निणर्य फिर्ता लिई अविलम्व अधुरा काम पुरा गर्न सरकारसँग माग गर्नुभयो । सरकारले आयोग पदाधिकारी हेरफेर गरेर आफ्ना विश्वासी राख्नसक्ने विकल्प छँदाछँदै आयोग नै विघटन गरेविरुद्ध बर्दिबासमा दैनिकजसो बिरोध कार्यक्रम आयोजन हुँदै आएका छन् ।May be an image of 3 people, people sitting, people standing, motorcycle and road

वर्तमान सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेस र सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भने आयोगलाई एमालेले एकलौटी कार्यकर्ता भर्ती गर्ने थलो बनाएको हुँदा विघटन गर्नु परेको बताउँदै आएका छन् ।May be an image of 3 people, motorcycle and road

प्रतिक्रिया