
गौशाला : महोत्तरीको सिमा क्षेत्र सम्सीबाट भंसार छलि गरी ल्याउदैँ गरेको करिब ४८ हजारको सामान बरामद भएको छ ।
शनिबार सम्सी गाँउपालिका–६ स्थित नेपाल भारतको सिमा दश गजा क्षेत्रबाट ३ वटा साईकलमा भारतबाट भंसार छलि गरी ल्याउँदै गरेको करिब ४८ हजारको बिभिन्न किसिमका कस्मेटिक सामान, लेडिज ब्याग, किराना पसलका समानहरु जिल्ला प्रहरी कार्यालय महोत्तरी र सम्सि प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरीको टोलिले समानहरु बरामद गरेको छ ।
प्रहरी देख्नु साथ समान फाली तस्करहरु फरार भएको र उक्त समानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी जलेश्वर भंसार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।
प्रतिक्रिया