Wednesday 24th of July 2024

महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुवा पक्राउ

0 Shares

बर्दिबास ः महोत्तरीको बर्दिबासस्थित खयरमारामा आफ्नै छोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बर्दिबासले १३ वर्षीया छोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा ३८ वर्षीय बुवालाई पक्राउ गरेको हो ।

आरोपी बुवामाथि जवरजस्ती करणी उद्योगमा उजुरी लिएर अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी वीरेन्द्र थापाले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत महोत्तरीले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

घरमा श्रीमति नभएको बेला बाबुले १३ वर्षीया छोरीलाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया