रामगोपालपुरबाट भन्सार छली गरी ल्याउदै गरेको सामान बरामद

गौशाला :  महोत्तरीको रामगोपालपुरबाट करिब ५६ हजार बराबरको भन्सार छली गरी ल्याउदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएका छन ।

रामगोपालपुर नगरपालिका– ५ स्थित भारत बाट भन्सार छली गरी ल्याउदै गरेको करिब ५६ हजार बराबरको विभिन्न साईजका सर्ट पाईन्टको कपडाहरु ईलाका प्रहरी कार्यालय गौशालाबाट गस्तीमा खटिएको प्रहरी टोलिले समानहरु बरामद गरेको छ ।

प्रहरी देख्नु साथ समान फाली तस्करहरु फरार भएको र उक्त समानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी जलेश्वर भंसार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जनाकारी दिए ।

प्रतिक्रिया