गुप्त अंगमा लागुऔषध लुकाएर ल्याउँदै गरेको २ महिला पक्राउ

महोत्तरी : संवेदनशील अंगमा लुकाएर लागुऔषध नेपाल भित्र्याउँदै गरेको अवस्थामा सीमावर्ती क्षेत्र कदमगाछीबाट दुई महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका १ हिमालीचोककी ३५ वर्षीया मञ्जु धिमाल र सोही ठाउँकी २५ वर्षीया विमला धिमाल छन् । उनीहरू दक्षिणी सीमावर्ती क्षेत्र गौरीगञ्ज गाउँपालिका ४ बाट पक्राउ परेको सशस्त्र प्रहरी बल झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।

उनीहरूको साथबाट एक सय ग्राम ब्राउनसुगर बरामद भएको छ। त्यसको मूल्य करिब ५ लाख रुपैयाँ भएको जनाइएको छ । पक्राउ परेका दुवै अहिले इलाका प्रहरी कार्यालय गौरीगञ्जको नियन्त्रणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार