हरिवनबाट प्रहरीको नक्कली ‘ब्यूरो प्रमुख’ पक्राउ

हरिवन : आफूलाई प्रहरीको ब्यूरो प्रमुख भन्दै हिँड्ने एक युवक सर्लाहीको हरिवनबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–६, का अन्दाजी २२ वर्षीय राज कुमार साह रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साहले हरिवन बजार क्षेत्रमा प्रहरीको ब्यूरो प्रमुख हुँ भन्दै हिँडिरहेको अवस्थामा हरिवन बजार क्षेत्रबाट पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले उज्यालो अभियानलाई जानकारी दिए ।

डीएसपी बुढाथोकीका अनुसार साहले कोही कसैसँग ठगी गरे÷नगरेकोबारे उनलाई ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । प्रहरीको बद्नाम गराउने हिसाबले प्रहरीको ब्यूरो प्रमुख बताउने साहविरुद्ध सार्वजनिक मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको डीएसपी बुढाथोकीले बताए ।

बुढाथोकीले साहको गतिविधि शंकास्पद देखिएकाले नियन्त्रणमा लिनुपरेको बताएका छन् ।

प्रतिक्रिया