Thursday 18th of April 2024

अरुको चलिरहँदा कक्षा १२ को परीक्षा किन स्थगित?

0 Shares

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ को मात्रै परीक्षा स्थगित गरिएकोबारेमा सरकारसँग प्रश्न उठाएका छन्।

पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले अन्य परीक्षा सञ्चालन भइरहेका बेला कक्षा १२ को मात्रै परीक्षा स्थगित गरिएको आधार र तर्कबारे जवाफ खोजेका हुन्।

उनले कोरोना महामारीको बहानामा कक्षा १२ को स्थगित भइरहँदा त्रिभुवन विश्वविद्यालयसहितले सञ्चालन गरिरहेको तर्फ पनि इंगित गरेका छन्।

‘कोरोना महामारीको कारणले  कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन’, उनले भनेका छन्, ‘यसको आधार र तर्क के हो? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ?’

थापाले अन्य परीक्षा पनि स्वास्थ्य मापदण्ड पालन गरेर चलाउनुपर्नेमा जोड दिएका छन्।

‘प्रधानमन्त्रीज्यू कि त स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि त वैकल्पिक माध्यामबाट परीक्षा सञ्चालन गर्नुपर्यो’, थापाले भनेका छन्।

प्रतिक्रिया