धनुषा र महोत्तरीका तीनजना नक्कली नोटसहित पक्राउ

राैतहट : रौतहटबाट ९ लाख ९३ हजार रुपैयाँ नक्कली नोटसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा धनुषा बट्टेश्वर गाउँपालिका ४ बस्ने ३८ वर्षका शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका ९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो र महोत्तरी भङ्गाह नगरपालिका ४ प्रेमनगर बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् ।

रौतहट प्रहरीले उनीहरुलाई आइतबार साँझ ईशनाथ नगरपालिका ४ कालिमन्दिर नजिकबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ९ लाख ९३ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपाली रुपैयाँ १ हजार दर नक्कली नोट भेटिएको हो ।

उनहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार