गौशालमा मोटरसाईकल दुर्घटना, चाकलको मृत्यु

गौशाला ः महोत्तरीको गौशाला नगरपालिकामा मोटरसाइकल दुर्घनामा परि एक युवकको मृत्यु भएको छ ।

शनिवार राति करिब ९ः३० बजेको समयमा गौशाला नगरपालिका वडा नम्बर – ३ नवराजपुरमा औरहीबाट गौशाला तर्फ आउँदै गरेको ज २ प ५८५३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई चालक गौशाला नगरपालिका वडा नंम्बर – ४ रजखोर वस्ने कर्ण बहादुरको छोरा वर्ष २५ को केदार आले मगरको टाउकोमा गम्भिर चोटपटक लागी घाईते भएको मगरलाई उपचारको क्रममा वर्दिवासमा रहेको शुभ स्वस्तिक हस्पिटलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार