Thursday 18th of April 2024

सर्लाहीमा डार्डवेयर पसलमा आगलागी हुदाँ लाखौँको क्षती

0 Shares

सर्लाही :  सर्लाहीमा एक डार्डवेयर पसलमा आगलागी हुदाँ लाखौँको क्षती भएको छ ।

गएराति ईश्वरपुर नगरपालिका – १ स्थित भक्तिपुर चौलिखा बजारमा रहेको सन्जय हार्डवेयर पसलमा आगलागी हुदा पसलमा रहेका लाखौँ मूल्यका सरसामग्री र केही थान मोटरसाइकल जलेर नष्ट भएका छन् । व्यापारी सन्जय साह सुँढीले संचालन गरेको हार्डवेयर पसलमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको ऐकिन विवरण नआएपनि लाखौँको क्षति भएको पीडितले बताएका छन् ।

पसलमा कसैले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले सो घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया