महोत्तरी : लाखौ रकम ठगि गरेको आरोपमा एक जना पक्राउ

महोत्तरी / झुठो आश्वासन देखाएर लाखौ रकम ठगि गरेको आरोपमा महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज जलेश्वरमा पत्रकार सम्मेलनकावीच धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ७ जिरोमाईलका २६ बर्षिय सुरज कुमार शर्मालाई ठगि मुद्दामा पक्राउ गरि सार्वजानिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक प्रकाश विष्टका अनुसार हाल लागुऔषध मुद्दामा प्रहरीको हिरासतमा रहेको महोत्तरी एकडारा गाँउपालिका ४ चकवामा गौतम शर्मालाई छुटयाउने वापत पटकपटक गरि ३ लाख ७५ हजार रकम ठगि गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जनाएको छ ।

गौतम शर्मालाई छुटयाईदिने शर्तमा उक्त रकम ठगि गरेको भन्दै प्रहरीले जलेश्वरबाट नियन्त्रणमा लिएको सु्रज उपर आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक विष्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार