Friday 12th of April 2024

जिल्ला प्रशासन कार्यालय पर्साबाट एउटै नम्बरको नागरिकता दुई जनलाई

0 Shares

बिरगंज : जिल्ला प्रशासन कार्यलय पर्सावाट एउटै नम्वरको एक जनालाई बंशज र एक जनालाई जन्मको आधारमा नागरीकताको प्रमाण पत्र जारी भएको खूलासा भएको छ । जिल्ला प्रशासन कार्यलय पर्साले नागरीकता प्रमाण पत्र नम्वर ३४३०१०/१६ एक पूरुष र अर्को महिलालाई प्रदान गरेको भेटिएको छ ।

पर्सा जिल्ला वैरिया विर्ता वडां नं ४ निवासी ठाकूर प्रसाद सोनारका छोरा प्रमोेद कूमार सोनारलाई जन्मको आधारमा र पर्साको सूगौली विर्ता वडां नं ६ निवासी राजा राउत की छोरी लालझरी देवी कूर्मीलाई एउटै नम्बरको नागरीताको प्रमाण पत्र प्रदान गरिएको भेटिएको छ । सोनारले मिती २०६३ साल असोज १५ गते नागरीताको प्रमाण पत्र प्राप्त गरेका थिए भने कुर्मीले २०६३ साल चैत्र ७ गते नागरीकताको प्रमाण पत्र प्राप्त गरेकी थिइन ।

लालझरी देवी आफ्नो नाममा जग्गा पास गराउन जादा भूमि सुधार तथा मालपोत कार्यलय पर्साको कर्मचारीले नागरिकता चेक जाच गर्दा ३४३०१०/१६ नम्वरको नागरिकता प्रमोद कूमार सोनारको नाममा जारी भएको खूलासा भएको थियो। दूई नागरिकता मध्य एक जनाको नागरीकता जाली हो की जिल्ला प्रशासन कार्यलय पर्साका कर्मचारीको गल्तीको कारण एउटै नम्वरको नागरीकता दूई जनालाई प्रदान भएको हो भने छानविनबाट पछी खूलासा हूनेछ । – ज्योती दैनिक

प्रतिक्रिया