प्रदेश २ : आपसी विवादमा एकजनाको मृत्यु, एकजना पक्राउ

जनकपुधाम  : प्रदेश २ को धनुषा जिल्लामा आपसी विवादले उग्ररूप लिएपछि कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा बजार नयाँ टोलका आपसी विवादमा झै झगडा हुँदा करिव ३५ वर्षीय ओम मल्लिक डोमको मृत्यु भएको हो ।

ओमको उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा गएराति मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

गएको साउन १८ गते सोमबार राति १० बजेको समयमा आफ्नै छिमेकी २७ वर्षीय राकेश राय कुर्मीसँग ओमको आपसी विवादमा झगडा भएको थियो ।

झगडाकै क्रममा राकेशले ओमको पेटमा खुकुरी प्रहार गरेका थिए । झगडाकै क्रममा राकेशले ओमको पेटमा आत समेत काटिने गरी कुखुरी प्रहार गरेका थिए भने राकेशको दिदी ३५ वर्षीया रिंकी देवी कुर्मीले टाउँकोमा चिर्पट प्रहार गरेको स्थानीय प्रत्यदर्शीले बताएका छन् ।

स्रोतका अनुसार कुखुरीले पेट काटिएर र टाउकोमा चिर्पटले चोट लागेर गम्भीर अवस्थामा पुगेका ओमको तत्कालै महेन्द्रनगरमा प्राथमिक उपचार गरिएको थियो ।

तर अवस्था गम्भीर भएपछि जनकपुर रिफर गरिएको थियो ।

जनकपुरमा समेत उपचार सम्भव नभएपछि धरान रेफर गरिएको र धरानमा पनि अवस्था विग्रदै गएपछि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो ।

त्यहाँ उपचारकै क्रममा गएराति ओमको मृत्यु भएको स्थानीयबासीले बताएका छन् । ओमको एक श्रीमति, दुई छोरी र एक छोरा रहेका छन् ।

मृत्तक ओमको श्रीमति मुर्छित छन् भने घरमा ?वावासी छाएको छ । यता ओमको शव महेन्द्रनगर ल्याइँदै छ ।

शव महेन्द्रनगरमा ल्याएर ईलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडी हत्यारालाई पक्राउ र कारवाही गर्न दवाव दिने पीडितका आफन्तह?ले बताएका छन् ।

यता ओमको मृत्यु भएपछि राकेश अहिले फरार भएका छन् भने प्रहरीले पनि घटना विषयमा कुनै चासो नदेखाएको पीडित परिवारजनको गुनासो छ ।

१८ साउनमा झगडा भएको र १९ साउन मंगलबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिएपनि प्रहरीले हत्याका आरोपी राकेशलाई पक्राउ नगरेको भन्दै पीडित परिवारका आफन्तजन आक्रोशित भएका छन् ।

यसैबीच ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटनाको अनुसन्धानका लागि घटनासँग सम्बन्धित एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शु? गरिएको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक तिलक बहादुर सुनारले घटना सम्बन्धमा निवेदन परेको र घाइतेको उपचारको क्रममा मृत्यु भएको खबर लगतै घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सु? गरिएको बताएका छन् ।

प्रहरी निरिक्षक सुनारले नियन्त्रणमा लिएको व्यक्तिको नाम खुलाउन चाहेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार