सर्लाहीमा टोएटा गाडीको ठक्करबाट एकको मृत्यु

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा टाएटाको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिकाको वडा नं. ७ हजरीया जानेबाटोमा मंलगवा नगरपालिका–२ बस्ने सत्येन्द्र साहले चलाएको ग.२ च. २६६६ नम्बरको टोयटा गाडीले साईकल यात्री सर्लाही बसबरिया गाँउपालिका २ मानपुर बस्ने सुकदेव साहलाई ठक्कर दिई फरार भएका थिए । भन्ने गम्भीर घाईते साईकल यात्री सुकदेव साहको उपचारको क्रममा राती ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

फरार रहेका सत्येन्द्र साहको खोजतलास गर्नेक्रममा ईलाका प्रहरी कार्यालय बरहथवा र हरकठवाबाट गएका संयुक्त टोलीले उक्त गाडी र चालक समेतलाई नियन्त्रणमा लिई सवारी ज्यान मार्ने मुद्दामा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न सात दिने म्याद थप गराई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार