0
Shares
गौशाला : नेपाल विद्युत प्रावधिकरण ढल्केवर ग्रिड शाखा अन्तर्गतको ढल्केवर सवस्टेशनमा जडान भएको १३२/३३ के.भी. ३० एम.भी.ए. पावर ट्रान्सफरमरमा खराबी आई बन्द अवस्थामा रहेकोले उक्त पावर ट्रान्सफरमर बदली गर्न अनुमानित पन्ध्र दिन लाग्न सक्ने भएकोले जनकपुर वितरण केन्द्र, सखुवा वितरण केन्द्र , जलेश्वर वितरण केन्द्र, गौशाला वितरण केन्द्र , यदुकूहा वितरण केन्द्र , सिन्धुली वितरण केन्द्र , रामेछाप वितरण केन्द्र , धनुषाधाम वितरण केन्द्रहरुमा केही लोड व्यवस्थापन गर्न आकस्मिक लोड सेडिङ्ग गर्नुपर्ने ढल्केवर विद्युत सवस्टेशनले एक सूचनाबाट जानकारी गराएकाछन् ।