मुस्कानलाई प्रदेश २ सरकारको बधाई, अमेरिकन सरकारलाई धन्यवाद

जनकपुर । प्रदेश २ की चेली एसिड आक्रमणबाट पिडित मुस्कान खातुन पुरस्कृत भएकोमा प्रदेश २ सरकारले खुसी व्यक्त गरेको छ ।

नेपाल स्थित अमेरिकन मिसनले खातुनलाई अन्तराष्ट्रिय सहासी महिला पुरस्कार प्रदान गरेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खुसी व्यक्त गरेको छ ।

आइतवार बधाई नोट जारी गर्दै मुख्यमन्त्री राउतले मुस्कानको उत्तरोतर प्रगतीको कामना गर्दै बधाई ज्ञापन गरेको छ भने पुरस्कार लायक बुझेर प्रदेश २ की छोरीलाई पुरस्कृत गरेकोमा मुख्यमन्त्री राउतले नेपाल स्थित अमेरिकी मिसन र अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार