मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्।

बुधबार प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाडि नै उनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख कार्यालयमा पुगेर राजीनामा बुझाएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।

उनको राजीनामा माग गर्दै प्रदेश सभामा ४१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

आज प्रदेश सभाको विशेष अधिवेशन बस्ने कार्यक्रम तय भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार