Monday 2nd of December 2024

पकाहामैनपुर गाँउपालिकाको भ्रष्टचारविरुद्ध युवाहरुले बुझाए ज्ञापनपत्र

0 Shares

वीरगन्ज : पर्सा जिल्लाको पकाहामैनपुर गाँउपालिकामा विभिन्न शिर्षकमा गाउँपालिका संचालनमा भए देखि गत आर्थिक बर्षमा भएको भ्रष्टचार उजागर गर्न आज गाउँपालिकामा ज्ञापनपत्र बुझाईएको छ । पकाहामैनपुर युवा संजालको अगुवाईमा बिहान निस्केको दबाब मुलक र सचेतमुलक मोटरसाईकल र्याली पछि विभिन्न माग सहित १५ बुंदे ज्ञापनपत्र बुझाईएको भएको हो ।

पकाहा मैनपुर चौकबाट सुरु भएको दबाब स्वरुप मोटरसाईकल रयाली गाँउपालिका भरी नै घुमाएर गाँउपालिका अध्यक्ष विजय चौरसीयालाई ज्ञापनपत्र बुझाइएको पकाहामैनपुर युवा संजालका अकलेश साहले बताए ।

बिहान ११ बजे गाँउपालिका अध्यक्ष चौरसीयालाई ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्षकै निकट ठेकदार , कार्यालय सहयोगी र टोले गुण्डा व्यक्तिले ज्ञापनपत्र बुझाउन गएको टोली संग गाली गलोज गरी झडप पनि गरेको संजालका राकेश कुशवाहाले बताए ।

लामो समयदेखि गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले काम नै नगरी बजेट पचाएको ,बिकाश गरेपनि गुणस्तरहिन गरेको ,जनता काम र गुनासो सम्बोधनमा जनप्रतिनिधि वेवास्ता गरेको गुनासो बढेपछि उजागर गर्न अगाडी बढेपछि अध्यक्षका निकटका व्यक्तिले झडप गर्न खोजेपछि प्रहरीले रोकेको संजालका फारिन्द्र चौहानले बताए ।

गाँउपालिकाका जनप्रतिनिधिले गत आर्थिक बर्ष देखि कर्मचारीको मिलोमतोमा नितिगत भ्रष्टचार गरेको तथ्य फेला परेपछि ज्ञापनपत्र मार्फत पालिकाको विकृति उजागर गर्न थालिएको नवल पटेलले बताए । ज्ञापनपत्रमा उल्लेखित माग यथाशिघ्र उपलब्ध नगराए चरणबध रुपमा आन्दोलनमा जाने चेतावनी दिईएको उनले बताए ।

यस्तै मधेश आन्दोलनमा सहादत भएका शत्रुघन पटेलकि आमा गाँउपालिकाकाकि उपप्रमुख कुसुम देवी पटेललाई संजालले दोसाल्ला लगाएर सम्मान पनि गरीएको अनिल शाहले बताए ।

यति मात्र होइन गाउँपालिका अध्यक्ष विजय कुमार चौरसिया भए पनि गाउँपालिकाको काम काज र जिम्मेवारी गाउँपालिका अध्यक्षका भाई अजय चौरसियाले चलाउँदै आएको एक स्थानियले गुनासो पोखे ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा संजालका राजेश सहनी , प्रमोद पटेल,दियनारायण ठाकुर , हरीचन पटेल , विकास सोनी , अनिल पटेल , अम्बिका पटेल,विनय कुशवाहा ,सन्दिप सहनी , सिकेन्द्र सहनी, धिरज बर्नवाल ,कुनाल पटेल , अक्षय पटेल ,विकि दास , सुदर्शन साह लगायतकाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया