Thursday 7th of November 2024

क्षीरेश्वरनाथ नगरपालिकाद्धारा महिलाहरुलाई सिलाई मेसिन वितरण

0 Shares

राजेश महतो, महेन्द्रनगर ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाई मेशिन वितरण गरेको छ ।

क्षीरेश्वरनाथ नगरपालिकाकाले महेन्द्रनगरमा बुधवार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका वडा नम्बर १ देखि १० सम्मका सिलाई सम्बन्धी सिप लिएका महिलाहरुलाई सिलाई मेशिन वितरण गरेको छ ।
नगर प्रमुख योगेन्द्र पजियारको अध्यक्षतामा भएको सो सलिाई मेशिन वितरण कार्यक्रममा नगरका १० वटै वडामा जम्मा करिव १ सय १० जना सीप सिकेको महिलाहरुलाई सिलाई मेशिन वितरण गरेको जनाएको छ ।


महिलालाई आफैमा आत्मनिर्भर बनाउन र सीपको सहि सदुपयोग गर्न सिलाई मेशिन वितरण गरेको नगर प्रमुख पजियारले बताएका छन् । सिलाईको सिप भएर पनि आर्थिक अभावका कारण मेशिन किन्न नसकेको महिलाहरुलाई लक्षित गरी सिलाई गरी आफैमा आत्मनिर्भर बन्न सक्ने उद्देश्यका साथ मेशिन वितरण गरिएको नगरपालिकाले जनाएको छ । सो कार्यक्रममा सयोंजनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया