नेपाली सेनाको भ्यान र पिकअप एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

सप्तरी : पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदह स्थित नेपाली सेनाको भ्यान र पिकअप एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा झापाको दमक नगरपालिकाका ४२ वर्षीय मेघराज शर्मा रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

सवारी दुर्घटनामा १८ नम्बर बाहिन िगाईघाट उदयपुरको प्रदेश नं. ३–०१–००१ ग ३७२५ नम्बरको आर्मीको वन्टेन गाडी र विपरित दिशाबाट जादै गरेको मे १ च ६९२५ नम्बरकोको पिक अप एक–आपसमा ठोक्किँएको हो । ।

शर्माको घटनास्थलमै मृत्यु भएको छ भने दुवै गाडीमा सवार अन्य २ जना घाइते भएका छन् ।

दुबैजनालाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यता सवारी दुर्घटनामा नेपाली सेनाको गाडी र चालक नियन्त्रणमा रहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार