Monday 9th of December 2024

सर्लाहीमा आईटी आर्मीको प्रथम भेला सम्पन्न

0 Shares

सर्लाही : रौतहट क्षेत्र न ३ का निबर्तमान संघिय सांसद एवम पूर्वमन्त्री प्रभु साहले सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी गठन गरिएको बताएका छन् । यसले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितिको विरुद्ध संघर्ष गर्दै विद्यमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने साहले बताए ।

हजारौं युवाहरुको सहभागितामा बुधबार आज ऐतिहासिक भूमि सर्लाहीको ईश्वरपुर–६, बयलबाँस बजारमा आयोजित प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री साहले यस्तो बताएका हुन । पुर्वमन्त्री साहले आईटी आर्मीले मुलूकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितीको विरुद्ध संघर्ष गर्दै बिधमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

उनले वर्तमान अस्पष्ट व्यवस्थाले मच्चाएको अस्थिरता र अराजता तथा सामन्तवादको बाँकी रहेको अवशेषले समाजमा फैलाएको भ्रमलाई निस्तेज गर्ने कार्यमा समेत आईटी आर्मी सफल हुने बताए । भेलामा न्यु बर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा , आइटी आर्मीको केन्द्रिय सयोजक चन्द्रभुषण साह बामपन्थी नेताहरु लगायतकाले मन्तव्य राखेका थिए ।

यता आईटी आर्मी सर्लाहीको अध्यक्षमा बलराम खड्का चयन भएका छन । बुधबार सर्लाहीको ईश्वरपुर–६, बयलबाँस बजारमा आयोजित प्रथम जिल्ला भेलामा पुर्वमन्त्री प्रभु साहले आईटी आर्मी सर्लाही चयन गरेका हुन ।

भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री साहले आईटी आर्मीले मुलूकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितीको विरुद्ध संघर्ष गर्दै बिधमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

प्रतिक्रिया