Monday 9th of December 2024

नाबालक कुटपिट प्ररकरण : गुप्ताले मागे माफी

0 Shares

जनकपुरधाम : नाबालकलाई होटेलमा कुटपिटगरि लिफ्टमा थुनेका जानकी फाइनान्स कम्पनीका अध्यक्ष अमरनाथ गुप्ताले बुधवार जिल्ला प्रहरी कार्यालयमा माफी मागेर छुटेका छन् ।

नाबालकलाई कुटपिट गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउनु पर्नेमा जिल्ला प्रहरी कार्यालयमा डीएसपीको सकृयतामा मिलापत्र गराइएको छ । गुप्ता सहित उनका दुई जना कामदारले सञ्जय ठाकुरका छोरा आदित्य ठाकुरलाई मरनासन्न हुनेगरि कुटपिटगरि लिफ्टमा बन्द गरेका थिए ।

स्थानीय बासिन्दाहरुले बालकको उद्धार गर्ने क्रममा गुप्ता र उनका कामदारहरुलाई पनि कुटपिट गरेका थिए । गुप्ता सहित तीनै जनालाई स्थानीय बासिन्दाहरुले कुटपिटगरि जानकी प्रहरी चौकीमा बुझाएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा थुनेको थियो । पीडित परिवारलाई क्षतिपुर्ती दिने, कामदारहरुलाई १५ दिन भित्र हटाउने लिखित सहमतिगर्दै सार्वजनिक रुपमा गुप्ताले माफी मागेको युवा व्यवसायी बलराम साहले जनाए ।

साहका अनुसार प्रहरीले मुद्दा लिन अस्वीकार गरेपछि बाध्य भएर पीडित परिवार मिलापत्र गरे ।उनले बाल अधिकारको क्षेत्रमा काम गर्ने निकायहरु मौन रहेकोमा दुख व्यक्त गरे ।

प्रतिक्रिया