
सिरहा : सिरहामा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
बुधबार बिहान सिरहाको धनगढीमाई नगरपालिका ७ गागनखोला नजिकै स. १ त.५९३५ नम्बरको ट्याक्टर पल्टिदा गोलबजार नगरपालिका वडा नम्बर ५ निपाने बस्ने बर्ष ३० को अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा लेवरको रुपमा काम गर्दै आएका यादवको रातिको समयमा बालुबा लिन गएको बेला ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ ।
ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव दुवैजना फरार रहेको प्रहरीले बताउँछन् ।
ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सवै फरार भएका थिए । विहान स्थानीयले प्रहरीलाई खवर गरेको हो ।शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको र चालक, ट्याक्टरधनीको खोजी भइरहेको छ ।
प्रतिक्रिया