रोहित महतो, जनकपुरधाम । गत जेठ २० गते बिहानैदेखि सुजिता ठाकुरको परिवारमा विवाद सुरु भयो । सोही दिनदेखि उनी बेपत्ता भइन् । ससरुा पक्षलेसुजिता अर्कै केटासँग लामो समयदेखि प्रेमसम्बन्धमा रहेको र उनैसित भागेको हल्ला चलाए ।
तर सुजिताकी माइत पक्षलाई पत्यार लागेन् । उनको खोजबिन गरि ल्याइदिन भन्दै सुजिताकी आमाले जठे २३ गते इलाका प्रहरी कार्यालय पिपरामा निवेदन दिइन् । प्रहरीले खोजतलास ग¥योतर उनी भेटिनन् । ससरुा पक्षले सुजितालाई भगाएको दावी गर्ने युवकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ ग¥यो । तर, प्रहरीले भने उनको ससरुा पक्षलेदावी गरे जस्तो केही सुराक पाएनन् । सुजिताकी ससुरा पतिराम ठाकुर, देवर रुपेश, सासु लगायतले उनी भागेको भनी सबैलाई यसरी मनगढन्त कहानी बनाएर सुनाए कि माइत पक्षलाई समेत भागेकै हुनसक्ने विश्वास लाग्न थाल्यो ।
त्यसैबीचमा साउदी बस्दै आएका सुजिताकी दाई जितेन्द्र कुमार पाण्डेयले सुजिताकी फोटो फेसबुकमा राख्दै उनी भेटिको खण्डमा उल्लेख गरिएको घरको नम्बरमा सम्पर्क गरि जानकारी गराइ दिन आग्रह गरे । तर, पारिवारिक दबाबपछि उनले केही बेरमै त्यो पोष्ट डिलिट गरे । फोटो डिलिट गरेको दर्इुघण्टा पछि त्यहाँको स्थानीयले उनलाई घटनामा षडयन्त्र रचिएको बताएका थिए । ‘बेपत्ता भएको राति ८ बजेतीर पतिरामले खते मा ट्रयाक्टर लिएर गएका थिए । खेतमा उनीहरुले खाल्डो खनेका थिए । त्यहीँ दिनदेखि मेरो बहिनी बेपत्ता छिन्,’ असार २ गते फेसबुक लाइभमा उनले भनेका छन, ‘हामीले आफ्नो मान्छेहरु लगाएर छानविन गर्न जाँदा पतिरामले मेरो बुवालाई बोलाएर हामी मारेर गाडेका छौँ भनी स्वीकार गरेका थिए । तपाईँ जे भन्नहुन्ुछ म गर्न तयार गर्छ । काननुी प्रक्रियामा जानुहुन्छ भने म दबाई दिन्छु भन्नुभएको थियो ।’ महोत्तरी प्रहरीलाई माइती पक्षसँगै अधिकारकर्मीले पयापर््त सचूना र प्रमाण उपलब्ध गराउँदा समेत प्रहरीले घटनाप्रति चासो देखाएनन् ।
माइती पक्षले सुजिताको हत्या भएको प्रमाण र ससुराको स्वीकारोक्तिपछि जिल्ला प्रहरी कार्यालयमा असार ४ गते ससुरा पक्ष विरुद्ध जाहेरी दिन पगे । तर प्रहरीले जाहेरी दर्ता गर्न माननेनन् । फेरि असार ६ गते अधिकारकर्मी गुन्जा राय लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिसहित सुजिताकी माइती पक्ष जाहेरी दर्ता गराउन पुगे ।
तर महोत्तरीका एसपी दिनेश आचार्यलये उल्टै हप्काएर पठाइदिएको अधिकारकर्मी रायले बताइन् । ‘हामीले केही अडियो क्लिीप, हत्या गरेर गाडेको भनी स्वीकार गरेको र ठाउँ समेत पत्ता लागिसकेको लगायतका प्रमाण लिएर गयौँ,’ उनले भनिन्, ‘तर एसपीले बेपत्ता भएको मानिसको अतोपत्तो नै छनै के आधारमा जाहेरी लिनु भनेर चर्को स्वरमा हप्काउँदै हामीलाई हफकाईदिए ।’
हत्याको पर्याप्त प्रमाण हुँदाहुँदै महोत्तरीका एसपी आचार्यले सुजिताको ससुरा विरुद्ध एक शब्दै सन्ुन नचाहे पछि अधिकारकर्मीसहित सुजिताकी माइती पक्ष घटना अनुसन्धन गरि न्याय माग्न भन्दै प्रदेश प्रहरी कार्यालय हारगुहार गर्न पुगे ।
त्यहाँबाट डिआइजी उमशे रंजितकारले डिएसपी ज्ञान कुमार महतोको नेतृत्वमा घटना अनसुन्धानका लागि विशेष अनुसन्धान टोली खटाए । संचारमाध्यम, जनस्तरसँगै महिला आयागे, मधेसी आयागे र प्रदशे सरकार लगायतका निकायबाट समेत महात्तरी प्रहरीलाई घटना अनुसन्धानका लागि दबाब बढ्दै गयो । त्यसपछि सुिजताकी माइती पक्षलेशव गाडेको भनी दावी गरिरहेकै ठाउँमा असार १३ गते प्रहरीले उत्खनन गर्याे। तर महात्ते रीका पह्र री प्रवक्ता डिएसपी प्रकाश विष्टका अनसु ार त्यसको एकदिन अघि नै सुजिताकी ससुरा पतिराम ठाकुर, रुपशे लगायतलेमिलरे त्यहाबँ ाट शव सारिसकको थिए ।
उत्खनन गरिएको ठाउँमा त्यहाँ रक्ताम्य माटो कपाल, तन्ना लगायतका कपडा र शव गलाउन प्रयोग गरिएको करिब १२ किलो नुन फेला प¥यो । ‘जसको खेतमा उत्खनन हुँदैछ उसलाई पनि पक्ररे राख्नुस् भनेर हामीले भन्यौ तर एसपीले मानेन् । उनीहरु पनि सम्पर्कमै छन् भनिरहनुभयो तर त्यसैबीचमा घरका सबैलाई भगाइदिए । शव लुकाउन मिलिोमतो रहेकाले लएसपी पनि त्यहाँशव छैन भनी ढुक्क थिए,’ अधिकारकर्मी रायले भनिन,् ‘तर त्यहाँ केही प्रमाण भेटिहाल्यो । तपैनि त्यसलाई प्रहरीले इग्नोरै गरेर हिडन् खोज्यो । यति ठूलो घटनामा सईको कमान्डमा प्रहरी खटाएर शव उत्खनन गर्नु रहस्यमयी होइन् र ? ’ त्यतीसम्म प्रमाण भेटिसक्दा समेत महोत्तरी प्रहरीले जाहेरी दर्ता गर्न मानेनन् । ससुरा पक्षका व्यक्तिले स्थानीय कामदार लगायतका सहयोगमा खेतमा खाल्डो खनि उनको शव गाडरे त्यसमाथि धानको बिउ उमारेको अनुसन्धानमा खुलेको थियो ।
सुजिता हत्याको वैज्ञानिक आधार नदेखिएको तर्क गर्दै उनले जाहेरी दर्ता गर्न नमानेको त्यतीखेर संचारमाध्यमलाई बताएका थिए । ‘कसैलेमर्डर गरेको छ भन्ने त्यसको प्रमाण त देखिनुपर्यो नि । उत्खनन गर्दा भेटिएको चीजले सुजिताकै मडरसँग कनेक्सन हो भनी भन्न सक्ने अवस्था छनै् । घटना भइसकेको कुरा स्टाबलिश भइसकेपछि मात्र किटानी जाहेरी लिन मिल्ला,’ उनको भनाइ थियो । तर सुिजताकी ससरुा पक्ष गाउँकै धनाढय् र राजनीतिक पहचँु भएका व्यक्ति रहेकाले घटना लुकाउन अन्य प्रहरी अधिकारीलाई समेत दबाब दिँदै आएको प्रहरी स्रोतले बतायो।
‘एसपी साबले ससुरा पक्षको केही नेगेटिभ सुन्नै चाहनुहुन्थेन् । जसरी पनि बचाउ गर्न लाग्नु भएको थियो । कम्तीमा त्यती प्रमाण भेटिसकपेछि सुिजताकै नभएपनि अरु कसैको हत्या हुनुपर्छ भनेर अनुमानकै आधारमा अनुसन्धान त गनुपथ्र्याे नि,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।
चौतर्फी दबाबपछि असार २० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भयो । ‘हत्यारालाई कारबाही गर्न जाहेरी दर्ता भएन् भने ४÷५ दिनपछि म विष सेवन गरेर मरिहाल्छु भनेर कामेश्वरले रुँइ कराई गरेपछि मात्र प्रहरीले दर्ता गर्न मान्यो,’ रायले भनिन् ।
प्रदेश प्रहरीले समेत अनुसन्धानमा तिब्रता देखायो । सुजिताकी देबर रुपेश ठाकुर, श्रीमान मुकेश, खेतमा शव गाड्न सघाउने लगायतका व्यक्तिहरु पक्राउ परेपछि उनको शव खेतबाट उत्खनन गरि शौचालयको सेप्टिक ट्याङ्कीमा गाडेको खुल्यो । प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुजिताको घरभन्दा करिब १ किलोमिटरको दुरीमा रहेको अर्को खेतमा निर्माणाधीन सेप्टी ट¥याङ्की भित्र गाडेर माथिबाट बालुवा, सिमेन्टले ढलान गरिएको अवस्थमा बरामद भएको थियो । पर्याप्त प्रमाण हुँदाहुँदै एसपी आचर्याले आर्थिक लेनदेन गरि पीडकलाई जोगाउन खोजेके प्रमाणहरु व्याप्त रहेको घटना अनुसन्धानका लागि सुरुदेखि पहल गर्दै आएकी अधिकारकर्मी रायको आरोप छ । ‘१५ दिनसम्म प्रहरीलाई हामीलेशव उत्खनन गर्न भनिरहयौँ तर अपराधीलाई बचाउन लागेर एसपीले मानेन् । लास त आखिर त्यहीँ भेट्यो,’ उनले थपिन्, ‘अन्तिममा प्रहरीले केही गर्न नसकेपछि उनको चरित्र हत्या गरेर मुद्दा कमजोर बनाइदिए । उल्टै बुवालाई नै फसाईदिए ।’
बुवा कामेश्वरले प्रहरी कार्यालय पुगेर छोरीको हत्या गरेको भनी पतिरामले स्वीकार गरेको र घटना लुकाउन आफुलाई बारम्बार प्रलोभन र धम्की दिएको भनी प्रहरीलाई बताउँदै आएपनि प्रहरीले रिस पोख्न उनलाई पक्रेको सुजिताकी दाई जितेन्द्रको आरोप छ । महोत्तरी प्रहरीले जेठ २५ गते नै सुजिताको हत्या भएको भनी थाहा पाइसक्दा समेत लुकाएको र त्यसअघि रुपेशसित भएको कल रेकर्डको आधारमा कामेश्वरको संलग्नता रहेको दावी गरेको छ । जबकी कामेश्वर, उनका छोरा जितेन्द्र लगायतले पहिल्यैदेखि सुजिताको हत्या भएको र उनको ससुराले स्वीकार गरि प्रलोभन दिएको बताउँदै आएका थिए । यहाँसम्म कि जितेन्द्रले समेत असार २ गते फेसबुक लाइभमा उक्त कुरा बताएको भिडियो प्रमाण समेत छ । तर महोत्तरीका एसपी आचार्यालेभने माइती पक्षलाई जोगाउन खोजिएको आरापे निराधार हेको बताए । उनले यो मद्दुा अदालतमा गइसकेको भन्दै यसबारे थप कुरा खाल्ेन मानेनन् । ‘प्रहरीले अनुसन्धान कहाँ बाट सुरु ग¥यो । कसले के भन्यो ती सबै प्रमाण हामीले अदालतमा पेश गरिसकेका छाँै । अहिले थप कुरा भन्न जरुरी लागने,’ उनले भने । मगंलवार महोत्तरी जिल्ला अदालतले घटनाका अभियुक्ता सुजिताकी देवर र रुपेश र बुवा कामेश्वरलाई पुर्वपक्षका लागि थुनामा पठाउन आदशे दिएको छ । न्यायाधिश मुकेश कुमार उपाध्ययायको एकल इजलासले प्रहरीले अनुसन्धानमा सुजिताको शव ओसार पोसार, गाड्नेदेखि लुकाउनेसम्ममा संलग्न दावी गरेको चार जनालाई एक÷एक लाख धरौटीमा छोडेको हो । जनकपरुधाम उप–महानगरपालिका– १४ कुटी पोखरी बसहिया बस्ने ५५ वर्षीय प्रमोद मण्डल भनिने विनादे मण्डल, लाहेरपट्टी–७ भ्रमरपरुा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोेरी मण्डल, ३३ वषीर्य मुल्ला भन्ने आदम राइर्न र ३२ वर्षीय नथनुी मण्डललाई एक÷एक लाख धरौैटीमा रिहा गरेको छ ।
त्यस्तै घटना लुकाएको अभियोग लागेका सुजिताकी नन्द अन्जु ठाकुरलाई १० हजार धरौटीमा छोडेको छ । महोत्तरीका एसपी आचायले मुद्दा कमजोर बनाएका कारण निर्दोष रहको बुवालाई थुनामा पठाएर लास ओसार पोसार गर्नेलाई धरौटीमा छोडेको सुजिताकी भाई जितेन्द्रको आरोप छ । घटनामा संलग्न भनिएका सुिजताकी ससरुा पतिराम, सासुर नन्द अझैफरार छन् ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी विष्टका अनुसार जठे २० गते विहानै करिब ८ बजे झैँ झगडा हँदा ससुरा पतिराम, देवर रुपेश लगायतका परिवारका व्यक्तिले घाँटी थिचेर मारेका थिए । दिनभरी घरमै उनको शव लुकाएर साँझमा सुिजताका दाई जितेन्द्रले भनजेस्तै ट्रयाक्टरमा लगरे खेतमा गाडेको अनुसन्धानबाट खुलेको थियो । करिब डढे वर्षअघि झगडाकै क्रममा ससुरा पक्षले सुजितालाई निर्घात कुटपीट गर्दा आँखा सुन्निएको थियो । त्यो घटनाको मिलापत्र जिल्ला प्रहरी कार्यालय महोत्तरीमै भएको थियो । माइती पक्षका अनुसार त्यसबेला देवर रुपेश ठाकुर सहित उनको आमा, बुबाले कुटपीट गरेका थिए । तर, आइन्दा कुटपीट नगर्ने भनी जिल्ला प्रहरी कार्यालयमा उनीहरूले प्रतिबद्धता जनाएका थिए । स्रोत ः द पब्लिक टुडे पत्रिका