Tuesday 14th of January 2025

हिलोमय सडक मर्मतको माग गर्दै महोत्तरी गाँउपालिकामा तालाबन्दी ।।

0 Shares

गौशाला / वारम्बार ताकेदा गर्दा समेत हिलोमय रहेको सडक मर्मत नगरेको भन्दै महोत्तरी गाउँपालिकाको कार्यालयमा स्थानियहरुले तालाबन्दी गरेका छन ।

गाँउ कार्यापालिकाको कार्यालयमा सडक बनाउनका लागि बारम्बार ध्यानाकर्षण गराउँदा समेत स्थानिय जनप्रतिनिधीले गलत आश्वासन बाहेक भौतिक निर्माणको लागि कुनै किसिमको पहलकदमी नगरेको भन्दै तालाबन्दी गरेको हो ।

स्थानिय नवल किशोर यादवले रेडियो रुपान्तरणलाई दिएको जानकारी अनुसार यसभन्दा अगाडि पनि सडक निर्माणको माग गर्दै युवाहरुले हिलोमय सडकमा धान रोप्नदेखि लिएर विभिन्न विरोधको कार्यक्रमहरु गरेतापनि विकास निर्माणको सवालमा कुनै ठोस कदम उठाउन नसक्दा स्थानियहरु आजित भएका जनाएका छन । वारम्बार विवादमा पर्दै आएको गाँउपालिका जनताहरुसँग लाखौं रुपैयाँ राजश्व उठाएतापनि भौतिक निर्माणको सवालमा सडक स्तरोनन्ती एवम मर्मत सम्भारको हकमा सिन्को समेत भाँच्न नसकेको नवलले गुनासो पोख्नुभयो ।

गाउँपालिकामा हिडने बाटो समेत बनाउन नसक्दा स्थानीय युवाहरुले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन । पटक पटक त्यहाँका युवाहरुले विकासको बारेमा आवाज उठाउँदा पनि त्यहाँका जनप्रतिनिधिहरुले कुनै किसिमको पहल र ध्यान नदेखाएपछि स्थानीय युवाहरु आक्रोशित बनेका छन् ।

गाँउपालिकाको कार्यालय परिसरमै वडा कार्यालय समेत रहेकोले स्थानियहरु सडक निर्माणको माग गर्दै मुलगेटमै तालाबन्दी गरेको गाँउपालिकाका योजना शाखा अधिकृत रंजित कुमार पाण्डेयले बताउनुभयो । अहिले गाँउपालिकाका जनप्रतिनिधी र पदाधिकारीले स्थानियहरुसँग छलफलको माध्यमले समस्या समाधान गर्ने प्रयास गरेको अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

हिलोमय अवस्थामा रहेको सडक निर्माणको लागि संघिय सरकारले टेण्डरप्रक्रियामार्फत सडक निर्माणको ठेक्का लिएको ठेकेदारका कारण सडक समयमा निर्माण हुन नसकेको गाँउपालिकाका अध्यक्ष सुनिल रायले बताउनुभयो ।

प्रतिक्रिया