Monday 2nd of December 2024

ट्राफिककाे दादागिरी : ट्राफिक ईन्चार्जले मोटरसाईकल ठोके, पीडितलाई बर्दिको धाक देखाएर कुटे

0 Shares

सिरहा : सिरहाको गोलबजारका ट्राफिक प्रहरी ईन्चार्ज (प्रमुख) ओम प्रकाश मण्डलले एक सर्वसाधारणको गाडीलाई ठोकेपछि बुधबार विहान मानिसहरु जम्मा भए ।

गोलबजारको बीचमै रहेको गोलचक्कर स्थित जनमत पार्टीका सिरहा सदस्य दुःखी मुखिया चढेको मोटरसाईकलमा बुधबार विहान करिब ११ बजे टफिक ईन्चार्ज मण्डलले गलत साइडमा गएर ठक्कर दिएका थिए ।

अरुलाई नियम सम्झाउने स्वयम ट्राफिक प्रहरीले नै सर्वसाधारणको गाडी ठोकेपछि स्थानीयहरु केही बेरमै जम्मा भए । प्रत्यक्षदर्शीहरुका अनुसार, ट्राफिक प्रहरी मण्डलले मुखियाको गाडीलाई ठक्कर दिएपछि गाडी क्षतिग्रस्त भयो ।

बुधबार विहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका मण्डलले आफ्नो मोटरसाईकलको साइडलाईट नै नदिँदै बाटो क्रस गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । सो क्रममा मुखिया पछाडी बसेको ज. ७ प ८७०९ नम्बरको कुशेश्वर साहको मोटरसाईकलमा क्षति पुग्यो । ट्राफिक ईन्चार्ज मण्डल रातो प्लेटकै बा ६० प १९८७ नम्बरको गाडी चढेका थिए ।

ट्राफिक प्रहरीका ईन्चार्ज मण्डलले नै ट्राफिक नियम उलँघन गरी साइडलाइट नदिँदा दुइटै मोटरसाईक ठोक्किन पुगेको मोटरसाईकल मालिक कुश्वेश्र साहले बताए । साहका अनुसार, ट्राफिक प्रहरीका ईन्चार्ज मण्डलले उल्टै मोटरसाईकल ठाकेर आफूहरुमाथि दोष दिन थालेपछि प्रत्यदर्शीहरु आक्रोसित भएका थिए ।

सो घटनामा जनमत पार्टीका जिल्ला सदस्य एवम् मोरटसाईकल दुर्घटनाका पीडित कुशेश्वर साह समान्य घाईते भएका थिए । प्रत्यदर्शीहरुले पनि ट्राफिक ईन्चार्ज मण्डलको दोष दिएपछि उनले पीडितहरुलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा बोलाएका थिए ।

नजिकै रहेको ईलाका प्रहरी कार्यालयमा जनमत पार्टीका ४ जना सदस्यहरु पुगे । केहीबेरपछि ट्राफिक ईन्चार्ज मण्डल सहित अन्य सिभिल पोशाकका प्रहरीहरु आएर चारैजनामाथि हातपात गरेको आरोप लगाइएको छ । उनीहरुलाई हातपात गर्दै अभद्र गाली गलौज समेत गरेको आरोप लगाइएको छ ।

ट्राफिक ईन्चार्ज मण्डलले आफू यहाँको लोकल रहेको तथा आफ्नो घर पनि यही रहेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुलाई धम्काएको जिल्ला सदस्य श्याम सुन्दर साहले बताए ।

साहका अनुसार, ट्राफिक प्रहरीका इन्चार्जले आफ्नो बर्दिको पावर देखाउदै आफू चारैजनामाथि हातपात गरेको आरोप लगाएका छन् । उनीहरुले सिसिटिभिमा सबै रेकर्ड भएको पनि बताएका छन् ।

यता, ट्राफिक प्रहरीका इन्चार्ज ओम प्रकाश मण्डलले सो आरोपलाई खण्डन गरेका छन् । मण्डलका अनुसार, आफू साईड लाईट बालेरै बाटो क्रस गर्ने क्रममा सहनी र साह चढेको मोटरसाईकलले आफ्नो मोसालाई ठोकेको दाबी गरे ।

ईन्चार्ज मण्डलका अनुसार, आफूले कसैलाई पनि गाली गलौज तथा हातापात नगरेको पनि दाबी गरेका छन् ।

दुखी मुखिया , श्याम सुन्दर साह , कुशेश्वर साह रअमिरी बाबूलाई प्रहरीले कुटपिट गरेको आरोप छ । विहिबार चारैजनासँग ट्राफिक प्रहरीका ईन्चार्ज मण्डलले माफी माग्दै ४ हजार रुपैयाँ क्षतिपूर्ति समेत दिएपछि मामिला मिलाएको हो ।

यता, जनमत पार्टीका जिल्ला कार्यसमितिले आफ्नो सदस्यहरुमाथि हातपात गरिएको भन्दै कारवाहीको माग गरिएको छ ।

आफू ईन्चार्ज हो भनेर सधैँ बर्दिको धाक लगाउने ट्राफिक प्रहरी मण्डललाई कारवाहीको लागि जिल्ला प्रहरीमा जाने जनमत पार्टी जिल्ला कार्य समितिले जनाएको छ ।

अरुलाई आचार सँहिताको ज्ञान दिने ट्राफिक ईन्चार्ज मण्डलले आफैँ पनि प्रहरीको आचार सँहितालाई उलँघन गरी सर्वसाधारणमाथि हातापात गरेको आरोप छ । – न्यूज ब्यूरो

प्रतिक्रिया