मन्दिर निर्माणका लागि नेता क्षेत्रीको सहयोग

गौशाला : महोत्तरीको बर्दिबासमा ब्रहमस्थानको मन्दिर निर्माणका लागि स्थानीय नेता प्रलाद कुमार क्षेत्रीले सहयोग गरेका छन् ।

बर्दिबास नगरपालिका–१३ (बिजलपुरा–६) स्थित बिजलपुरामा ब्रहमस्थानको सडक बिस्तारको क्रममा पुरानो मन्दिर भत्काइए पछि नयाँ मन्दिर निर्माणका लागि स्थानीय युवाहरु लागिपरेका छन् ।

हिन्दु परम्परा अनुसार गाउँको प्रमुख रक्षकको रुपमा मानिने ब्रहम्स्थान (देउता) मन्दिर बनाउन थालिएको हो ।

मन्दिर निर्माणका लगि नेता क्षेत्रीले ५० बोरा सिमेन्ट, १०० किलो रड, १५०० बल्क ईटा र ८५ किलो चुडि रड सहयोग गरेका निर्माण समितिका सचिव ज्ञानेन्द्र महतोले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार