0
Shares
मेवालाल यादव, रौतहट । रौतहटको गोनाहि देवाहि नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले भोजपुरी गितको एलबम बनाउन सरकारी गाडिको दुरुपयोग गर्ने गरेको छ ।
सरकारले स्थानिय तहका जनप्रतिनिधिहरुलाइ कार्यालयको काममा प्रयोग गर्न गाडि उपलब्ध गराएकोमा मेयर पटेलले नाचगान र गित बनाउन सरकारी गाडिको प्रयोग गर्ने गरेको छ । यसरी सरकारी गाडिको दुरुपयोग गर्ने मेयर पटेल नाचगानमा मात्र नभई अरु व्यत्तिगत काममा समेत सरकारी सम्पत्तिको दुरुपयोग गर्ने गरेको देखिन्छ ।
यसरी सरकारी गाडिको दुरुपयोग भइरहदा सम्बन्धित निकाय मौन रहेको छ । मधेस को लाल उडावेला गुलाल गीतमा मेयर पटेलले आफैं नाच्नु भएको छ । यो गीतको गायक सुरज मिश्रा र KM FILMS बाट रिलिज भएको थियोे । प्रदेश १–०२–००१ झ ००२८ नम्बरको सरकारी गाडीको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले दुरुपयोग गरेको छ ।